Logo

खेलकुद

फिफा महिला विश्वकप : आज तीन खेल हुँदै



काठमाडाैं । फिफा महिला विश्व कप फुटबलमा आज तीन वटा खेल हुँदैछन् ।

आज हुने पहिलो खेलमा समूह ‘एच’ का कोलम्बिया र दक्षिण कोरिया खेल्दैछन् ।

यो खेल नेपाली समयअनुसार बिहान पौने ८ बजे शुरु हुनेछ । त्यस्तै, अर्को खेलमा बिहान सवा ११ बजे समूह ‘ए’ का न्युजिल्यान्ड र फिलिपिन्स तथा दिउँसो पौने २ बजे समूह ‘ए’ कै स्विट्जरल्यान्ड र नर्वेबीच खेल हुनेछ । हिजो भएको खेलमा ब्राजिल, जर्मनी र इटली विजयी भएका छन् ।

ब्राजिलले पानामालाई ४–० गोलले, जर्मनीले मोरक्कोलाई ६–० गोलले र इटलीले अर्जेन्टिनालाई १–० गोलले हराएको हो । महिला विश्व कप फुटबल आउँदो अगस्ट २० तारिखसम्म चल्नेछ । विश्व कपमा ३२ टोलीको सहभागिता रहेको छ ।

प्रकाशित मिति : ९ श्रावण २०८०, मंगलवार ०८:५०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।