Logo

अर्थ

सेयर बजारमा ३६ अंकको गिरावट



काठमाडौं । मंगलबार पनि सेयर बजार ओरालो लागेकाे छ । राष्ट्र बैंकले आइतबार चालु आर्थिकको मौद्रिक नीति सार्वजनिक गर्दै सेयर धितो कर्जाको जोखिम भारमा पुनरवलोकन गर्ने बताएको थियो ।

अघिल्लो दिन सोमबार २६ अंकले घटको नेप्से सूचक दोस्रो दिन मंगलबार थप ३६ अंकले घट्न पुगेको हो ।

बजारको गिरावटले आज पनि निरन्तरता पाएको छ । २ दिनको अवधिमा बजारमा ६२.८५ अंकको गिरावट आएको छ । आज (मंगलबार) सेयर बजार नेप्से सूचक ३६.१९ अंकले घटेर २१६४.३१ बिन्दुमा झरेको छ ।

यस दिन कारोबारमा आएका अधिकांश कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ । आज होटल र पर्यटन समूहबाहेक सबै इन्डेक्स घटेको छ ।

कारोबार अवधिभर २६७ कम्पनीको ७७ लाख १६ हजार २२७ कम्पनीको सेयर कारोबार भएकाे छ । यस दिन २ अर्ब ९१ करोड ७ लाख ३२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । १७६ कम्पनीको सेयर मूल्य घटेको छ भने जम्मा ३२ कम्पनीको मात्र सेयर मूल्य बढेको छ ।

प्रकाशित मिति : ९ श्रावण २०८०, मंगलवार १५:३४   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।