चीनले देशका विदेशमन्त्री चिन गाङ पदमुक्त गरेको छ। उनी सात महिनाअघि उक्त पदमा नियुक्त भएका थिए।
अब त्यो पद कम्युनिस्ट पार्टीका विदेश मामिला प्रमुख वाङ यीले सम्हाल्ने छन्। उनी यसअघि पनि विदेशमन्त्री थिए। चिन गाङ सार्वजनिक जीवनबाट लामो समयसम्म देखा परेका थिएनन्। यस विषयमा उनको मन्त्रालय पनि मौन रहँदै आएको सन्दर्भमा विभिन्न अनुमानहरू भइरहेका थिए।
उनलाई पछिल्लो पटक गत जुन २५ मा सार्वजनिक कार्यक्रममा देखिएको थियो। गत डिसेम्बरमा मन्त्री नियुक्त हुँदा चिनियाँ राष्ट्रपति सी जिन्पिङ्का एक विश्वासिला सहयोगीको रूपमा हेरिएको थियो।
चीनको कम्युनिस्ट पार्टीको प्रचलनअनुसार चीनको विदेशनीति उच्च तहका अधिकारीले निर्माण गर्छन् र विदेशमन्त्रीलाई त्यसको कार्यान्वयन गर्न निर्देशन दिइन्छ।




















प्रतिक्रिया