Logo

खेलकुद

मेस्सी चम्किदाँ मियामीको लगातार दाेस्राे जित



काठमाडौं । अर्जेन्टिनी स्टार लिओनल मेस्सी आवद्ध इन्टर मियामीले लिग कप फुटबलमा लगातार दोस्रो जित निकालेको छ । बुधबार बिहान इन्टर मियामीले एटलान्टा युनाईटेडमाथि ४–० को जित निकालेको हो । मियामीको जितमा मेस्सीले दुई गोल गरे भने एक गाेलकाे अवसर सिर्जना गरे ।

लिग कपको पहिलो खेलमा समेत अन्तिम मिनेटमा मेस्सीकै फ्रिकिकमा मियामीले जित निकालेको थियो । आठौं मिनेटमा मेस्सीकै गोलमा अग्रता लिएको मियामीका लागि अर्जेन्टिनी स्टारले २२ औं मिनेटमा अग्रता दोब्बर बनाएका थिए । रोबर्ट थोमस टेलरले ४४ औं मिनेटमा गोल गर्दै मियामीलाई आरामदायी अग्रता दिलाएका थिए ।

५३ औं मिनेटमा मेस्सीकै पास सदुपयोग गर्दै टेलरले मियामीका लागि दोस्रो गोल गरे । खेल सकिन चार मिनेट अघि एटलान्टाले पेनाल्टीको अवसर पाएको थियो । तर थियागो अल्माटाले पेनाल्टी बचाउँदै क्लिन चिट राख्न सफल रहे । मियामीले समूह चरणका दुवै खेलमा जित निकाल्दै चार अंक जोडेको छ । तालिकामा एटलान्टा र क्रुज अजुल अंक विहिन छन् ।

प्रकाशित मिति : १० श्रावण २०८०, बुधबार १०:२३   :  बजे

96
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।