Logo

अर्थ

किसान लघुवित्त र जाल्पा सामुदायिक लघुवित्तबीच मर्जर सम्झौता



काठमाडौँ । जाल्पा सामुदायिक लघुवित्त र किसान लघुवित्तबीच मर्जर सम्झौता भएको छ । दुई संस्थाबीच साउन ९ गते मंगलबार साँझ मर्जर सम्झौता भएको हो ।

मर्जर सम्झौता भएसंगै दुवै कम्पनीको आधारभूत शेयरधनीको शेयर कारोबार रोक्का हुने छ । हाल जाल्पाको चुक्ता पुँजी १६ करोड रहेको छ भने किसानको चुक्ता पुँजी ४७ करोड १३ लाख रहेको छ ।

जाल्पाको केन्द्रीय कार्यालय रुपन्देहीको बुटवलमा रहेको छ भने किसानको केन्द्रीय कार्यालय कैलालीको लम्किचुहामा रहेको छ ।

प्रकाशित मिति : १० श्रावण २०८०, बुधबार ११:३२   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।