Logo

प्रमुख समाचार

कोशी : मुख्यमन्त्री नियुक्तिविरुद्धको रिट निवेदनमाथिको फैसला बिहीबार आउने



काठमाडौं । कोशी प्रदेशको मुख्यमन्त्री नियुक्ति खारेजीको माग गर्दै सर्वोच्च अदालतमा दायर भएको रिट निवेदनमाथिको फैसला भोलि (बिहीबार) मात्र आउने भएको छ । बुधबार सर्वोच्च अदालतका न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासमा उक्त रिट निवेदनमाथिको बहस सकिएको हो ।

इजलासले फैसला भने बुधबारमात्र सुनाउने भएको छ । सर्वोच्च अदालतबाट आउने फैसलाले उद्धव थापा नेतृत्वको कोशी प्रदेश सरकारको भविष्य निर्धारण गर्नेछ । कोशी कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई असंवैधानिक रुपमा मुख्यमन्त्री नियुक्त गरिएको भन्दै पूर्व मुख्यमन्त्री तथा एमाले कोशीका संसदीय दलका नेता हिक्मतकुमार कार्की असार २२ गते सर्वोच्चमा रिट हालेका थिए ।

सरकार गठनमा सभामुख बाबुराम गौतमको समेत हस्ताक्षर प्रयोग गरिएपछि प्रदेश प्रमुख पर्शुराम खापुङ, मुख्यमन्त्री थापा र सभामुख गौतमलाई विपक्षी बनाएर रिट हालेका हुन् । रिट निवेदनमा कार्कीले आफूलाई मुख्यमन्त्री नियुक्त गर्न परामादेश मागसमेत गरेका छन् ।

प्रकाशित मिति : १० श्रावण २०८०, बुधबार १७:३०   :  बजे

48
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।