काठमाडौं । नेपाली कांग्रेसले जानीय विभेद गर्नेको सदस्यता स्वतः खारेज गर्ने निर्णय गरेको छ । यही साउन २ गतेदेखि केन्द्रीय कार्यालय समानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकले कुनै पनि माग राखेर आन्दोलनको क्रममा कालोमोसो दल्नेको सदस्यता पनि स्वतः खारेज गर्ने निर्णय गरेको छ । आन्दोलनको क्रममा अमर्यादित व्यवहार, शारीरिक आक्रमण, कालोमोसो दल्नेको सदस्यता खारेज गर्ने निर्णय भएको महामन्त्री विश्वप्रकाश शर्माले बताए ।
‘जातीय विभेद, घरेलु हिंसा या अन्य सामाजिक विसंगतिहरुमा प्रमाणित वा कुनै पनि प्रकृतिका मागहरु अघि सारेर आन्दोलन गर्ने क्रममा अमर्यादित व्यवहार, शारीरिक आक्रमण, कालोमोसो दल्ने घटनामा आवद्ध व्यक्तिको सदस्यता अविलम्ब खारेज हुन्छ’, उनले भने ।




















प्रतिक्रिया