Logo

राजनीति

एनआरएन अष्ट्रेलियाको राष्ट्रिय युवा संयोजकमा रञ्जितराज वन्तको बलियो सम्भावना



काठमाडौं । अष्ट्रेलियामा रहेर विभिन्न व्यापार तथा सामाजिक कार्यमा संलग्न युवा अभियन्ता रञ्जितराज वन्त सकृय एनआरएन राजनीतिमा होमिएका छन् । पर्सी अर्थात शनिबार अष्ट्रेलियामा हुन गइरहेको एनआरएन अष्ट्रेलियाको निर्वाचनमा वन्त यतिबेला राष्ट्रिय युवा संयोजकको उम्मेदवारको रूपमा मत माग्नमा व्यस्त छन् ।

उक्त पदको लागि वन्त बलियो प्रतिद्वन्द्वी हुन् । विद्यार्थीदेखि विजनेस भिषाहुँदै अष्ट्रेलिया पुग्ने सबै नेपालीहरूको लागि हरेक प्रकारका सहयोग र सहकार्यको लागि मरिमेट्ने वन्त आफ्नो उम्मेदवारीले एनआरएन अष्ट्रेलियामा छुट्टै सञ्चार गराएको बताउँछन् ।

पछिल्लो समय उनी नेपाली फिल्मको बजार विस्तारको लागि पनि सकृय छन् । हालै उनले पछिल्लो रिलिज सामाजिक कथाको फिल्म ‘प्रसाद २’ को अष्ट्रेलियामा वक्स अफिस रिलिज गराएर नेपाली फिल्मको प्रवर्धनमा अर्को सफलता दिएका थिए ।

व्यवसायी र सामाजिक अभियन्ताको रूपमा परिचित वन्तको उम्मेदवारीलाई लिएर यतिबेला अष्ट्रेलियामा सही व्यक्ति सहि पदको रूपमा चित्रण गरिएको छ ।

पदमा रहँदा पनि र नरहँदा पनि सामाजिक अभियानमा लामो समयदेखी गर्दै आएका वन्तको उपस्थिति र सामाजिक अभियानलाई अष्ट्रेलियामा रहने नेपालीहरूबाट उच्चतम साथ र समर्थन मिलिरहेको निकटस्थ बताउँछन् ।

वन्तले आफूले गर्ने काम र उद्देश्यमा एक लाख डलरको युवा कोष खडा गर्ने योजना अगाडि सारेका छन् । यसरी जम्मा गरिएको डलरबाट व्यापारको प्रकृति हेरेर दुईदेखी पाँच हजार डलरसम्म सहयोग उपलब्ध गराईने उनको योजनामा उल्लेख छ । उनको यो सोच र योजनाले मतदाताहरू माझ सकारात्मक सन्देश प्रवाह गरेको छ ।

भद्र र शालिन स्वभावका वन्तको राष्ट्रिय युवा संयोजकको उम्मेदवारीलाई भोलीको एनआरएनको केन्द्रीय राजनीतिमा प्रभाव पार्न सक्ने विश्लेषण गरिएको छ ।

प्रकाशित मिति : ११ श्रावण २०८०, बिहीबार १६:०९   :  बजे

96
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।