काठमाडौं । चीनको हान्झाउमा आगामी सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म हुने १९औं एसियन गेम्सको भलिबलको समूह विभाजन सार्वजनिक भएको छ ।
बिहीबार भएको ड्र अनुसार महिलातर्फ नेपाल समूह सी मा परेको छ । यस समूहमा नेपालले दक्षिण कोरिया र भियतनामसँग खेल्नेछ ।
दुवै एसियाका बलिया राष्ट्र हुन् । विश्व वरियतामा कोरिया ३५औं र भियतनाम ४७औं स्थानमा छन् । नेपालको महिला भलिबल टोलीले पहिलो पटक एसियन गेम्स खेल्न लागेको हो ।




















प्रतिक्रिया