Logo

खेलकुद

बार्सिलोनासँग रियल मड्रिड ३-० ले पराजित



काठमाडौं । प्रिसिजन टुर अन्तर्गत अमेरिकामा भएको मैत्रीपूर्ण खेलमा बार्सिलोनाले रियल मड्रिडलाई ३-० ले पराजित गरेको छ ।

सकर च्यामपियनसिप टुर अन्तर्गत भएको खेलमा बार्सिलोनाले रियलमाथि सानदार जित हात पारेको हो ।

एटी एण्ड टी स्टेडियममा भएको खेलमा बार्सिलोनाका लागि उसमान डेम्बेलेल खेलको १५औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । त्यसपछि रियलले बराबरी गर्ने अवसर पाए पनि भिनिसियस जुनियरले पेनाल्टीमा गोल गर्न सकेकनन् ।

बार्सिलोनाका लागि फर्मिन लोपेजले ८५औं र फेरान टोरेसले इन्जुरी टाइममा गोल गर्दै जित दिलाए ।

प्रकाशित मिति : १४ श्रावण २०८०, आईतवार ०८:५३   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।