Logo

अर्थ

२६.१४ अंकले घट्यो सेयर बजार



काठमाडौं । सेयर बजारको ओरालो यात्राले आज (आईतवार) पनि निरन्तरता पाएको छ ।

आज नेप्से परिसूचक २६.१४ अंकले घटेर २,१००.३४ बिन्दुमा झरेको छ । ठूला तथा बलिया कम्पनीको कारोबार मापक सेन्सेटिभ परिसूचक पनि ४.१७ अंकले ३९९.६६ बिन्दुमा झरेको छ ।

आज १३ वटै उपसूचकको सेयर मूल्य घटेको छ । नेप्सेमा सूचीकृत २६६ कम्पनीहरुको ६८ लाख ६० हजार कित्ता सेयर किनबेच हुँदा २ अर्ब ५० करोड २८ लाखमाथिको कारोबार भएको छ ।

आज कारोबार भएका कम्पनीमध्ये १८ वटाको मात्र सेयर मूल्य बढेको छ भने १८९ कम्पनीको सेयर मूल्य घटेको छ ।

प्रकाशित मिति : १४ श्रावण २०८०, आईतवार १५:३७   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।