Logo

खेलकुद

फिफा महिला विश्वकप : आज चार खेल हुँदै



काठमाडौं । फिफा महिला विश्वकप फुटबलमा आज २ वटा समूहबाट अन्तिम १६ मा पुग्ने टिमको टुंगो लाग्ने भएको छ ।

सोमबारका खेलहरुपछि समूह ‘बि’ र ‘सि’ बाट नकआउट चरणमा पुग्ने टोलीहरुको टुंगो लाग्नेछ । आज चार खेल हुनेछन्

सोमबार समुह ‘बि’ का खेलहरुमा क्यानाडा र अष्ट्रेलिया तथा आयरल्याण्ड र नाइजेरिया भिड्नेछन् । यो समूहमा दुई खेलबाट नाइजेरिया र क्यानाडको ४–४ अंक छ भने अष्ट्रेलियाको ३ अंक छ । सोमबार नै हुने समुह ‘सि’ का खेलहरुमा जापान र स्पेन तथा कोष्टा रिका र जाम्बिया भिड्नेछन् । यो समुहमा लगातार दुई जितसहित जापान र स्पेन नकआउट चरणमा पुगिसकेका छन् ।

प्रतियोगितामा समुह ‘ए’ बाट स्विट्जरल्याण्ड र नर्वे नकआउट चरणमा पुगेका छन् । आइतबारको खेलहरुमा नर्वेले फिलिपिन्सलाई ६–० ले हराउँदा स्विट्जरल्याण्डले आयोजक न्युजिल्याण्डसँग गोलरहित बराबरीमा चित्त बुझायो ।

यो समुहमा तिन खेलबाट ५ अंक जोडेको स्विट्जरल्याण्ड समूह विजेता बन्दा ४ अंकसहित नर्वे दोस्रो स्थानमा आयो । समान ४ अंक जोडेको न्युजिल्याण्ड गोल अन्तरको आधारमा समूह चरणबाटै बाहिरियो ।

आइतबार भएको समूह ‘एच’ का खेलहरुमा कोलम्बियाले जर्मनीलाई २–१ ले हराउँदा मोरक्कोले दक्षिण कोरियामाथि १–० को जित निकाल्यो ।

प्रकाशित मिति : १५ श्रावण २०८०, सोमबार ०९:२९   :  बजे

51
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।