काठमाडाैं । एक क्विन्टल सुन तस्करी प्रकरणमा ‘कनेक्सन’ देखिएपछि आइतबार काठमाडौँको ठमेलबाट पक्राउ परेका चिनियाँ मूलका बेल्जियन नागरिक दावा छिरिङको राजनीतिक कनेक्सन कडा देखिएको छ ।
काठमाडौँ ठमेलबाट आइतबार बिहान पक्राउ परेका दावाको राजनीतिक कनेक्सन वर्तमान सत्तारूढ दलका नेताहरूसँग रहेको देखिएको छ। त्यसमा विशेष गरी नेकपा माओवादी केन्द्रका नेताहरुसँग उनको कनेक्सन देखिएको छ ।
तर अहिलेको सुन प्रकरणमा उनले माओवादी केन्द्रका नेताहरूसँग सम्पर्क गरे नगरेको विषयमा अनुसन्धान हुँदैछ। विगतमा दावाको सम्पर्क माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा, उपमहासचिव वर्षमान पुन, पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनसँग देखिएको छ । उनीहरूसँग के कति कारणले दावाको सम्पर्क भयो भन्नेबारे केही खुलेको छैन । तर दावाले सामाजिक सञ्जालमा राखेको तस्बिरमा उनीहरू पनि सँगै खाना खाएको र बसेको देखिन्छ ।
राजश्व विभागको टोलीले काठमाडौँको ठमेलस्थित होटेल भियनामा छापा मारेर दावालाई पक्रेको हो । ठमेलमा सञ्चालित होटेल भियनामा राजस्व अनुसन्धान विभागको टोलीले आइतबार बिहान छापा मारेर उनलाई नियन्त्रणमा लिएको थियो ।
चिनियाँ मूलका बेल्जियन नागरिक दावा छिरिङलाई प्रहरीले पक्राउ गरेसँगै सुन तस्करी अनुसन्धानको सुई राजनीतितिर सोझिएको हो । अहिलेको सुन तस्करी काण्डमा छिरिङको कहीँ न कहीँ संलग्नता जोडिएको केही ‘क्लु’ फेला परेको विभागका महानिर्देशक नवराज ढुंगानाले बताए। यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।




















प्रतिक्रिया