Logo

प्रमुख समाचार

कोशी प्रदेशमा नयाँ सरकार गठनको दाबी पेस गर्ने आज अन्तिम दिन



कोशी प्रदेशमा सरकार गठनका लागि प्रदेश प्रमुख परशुराम खापुङले दाबी पेस गर्न दिएको समय सीमा आज साँझ ५ बजे सकिँदैछ ।

साँझसम्म बहुमत सांसदको हस्ताक्षर जुटाउने दलका नेतालाई प्रदेश प्रमुख खापुङले मुख्यमन्त्री बनाउने छन् ।

यदी बहुमतको सरकार गठन हुन नसके प्रदेश सभाको ठूलो दलको नेताको हैसियतमा नेकपा (एमाले)का हिक्मत कार्की मुख्यमन्त्री बन्नेछन् ।

केन्द्रको सत्ता गठबन्धन अहिले प्रदेश सभामुख बाबुराम गौतमलाई राजीनामा गराएर बहुमत पुर्‍याउने रणनीतिमा छ । तर, सभामुख गौतम तत्काल राजीनामा दिने मनस्थितिमा नरहेको बुझिएको छ ।

९३ सदस्यीय कोशीमा बहुमतका लागि ४७ जना सांसदको मत आवश्यक पर्छ । केन्द्रको सत्ता गठबन्धनसँग नेपाली कांग्रेसका २९, नेकपा (माओवादी केन्द्र)का १२, नेकपा एसका ४ र जसपाका एकजना सांसद गरी ४६ जना सांसद रहेका छन् जुन बहुमतभन्दा एक मत कम हो ।

प्रदेश सभामा ठूलो दल नेकपा (एमाले)का ४० र राप्रपाका ६ जना सांसद रहेका छन् ।

प्रकाशित मिति : १६ श्रावण २०८०, मंगलवार ०९:४३   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।