काठमाडौं । ललितपुर महानगरपालिकाले वडा नं. ३ अन्तर्गत पर्ने साविक ललितपुर नगरपालिका २ मा निर्माण गरिररहेको भवनको कामलाई यथास्थतिमा रोक्न अदालतले आदेश दिएको छ । बुद्धिरत्न शाक्यले दिएको निवेदनमाथि हिजो (सोमबार) ललितपुर जिल्ला अदालतका न्यायाधीश हरिकृष्ण श्रेष्ठ इजलासले भवन निर्माणको काम रोक्न अन्तरकालिन आदेश दिएको हो ।
सार्वजनिक बाटो र सम्पदा जोगाउन मेयर चिरिबाबुलाई टक्कर दिने ‘ललितपुरका बालेन’ !
जसले रोके बन्दै गरेको ललितपुर महानगरको नयाँ प्रशासनिक भवनको काम
निवेदक शाक्यले शताब्दियौं पुरानो बौद्ध चेत्य रहेकोमा त्यस्तो स्मारकसँग जोडिएको जग्गामा भवन निर्माण गर्दा संरक्षण क्षेत्रभित्र तोकिएको स्मारकपट्टी कम्तिमा १० फिट छाडेर मात्र निर्माण कार्य गर्न पाइनेमा ३ फिट मात्र छाडी मापदण्डविपरीत भवन निर्माण गरेको जिकिर गरेका थिए । अन्तरकालि आदेश जारी गर्दै अदालतले यसबारे सात दिनभित्र जवाफ पेश गर्न भनेको छ छ ।
अन्तरकालीन आदेश:–





















प्रतिक्रिया