काठमाडौं । फिल्म ‘कार्साङ’ को मुख्य अभिनेत्रीमा सुरक्षा पन्त अनुबन्धित भएकी छन् । यम शेर्पाको निर्देशनमा बन्ने फिल्ममा पन्तलाई फिल्मको मुख्य भूमिकामा छनोट गरेको फिल्म निर्माण पक्षले जनाएको हो ।
फिल्ममा यसअघि दयाहाङ राई र बुद्धि तामाङ अनुबन्धित भइसकेका छन् । यार्सा फिल्मस्को ब्यानरमा निर्माण हुने फिल्ममा नवनायिकाका रूपमा छिरिङ शेर्पा छिन् । फिल्मले शेर्पा समुदायको सामाजिक कथावस्तु उठान गर्ने जनाइएको छ ।
शेर्पाको निर्देशन डेब्यु फिल्मको कथा, पटकथा तथा संवाद उनी आफैंको छ । शेर्पासँग यसअघि विभिन्न सर्ट फिल्म निर्देशन गरेको अनुभव छ । फिल्मको छायांकन पुरुषोत्तम प्रधानले गर्नेछन् ।
आरआर फिल्म्स (रोहित–रत्न) ले देशव्यापी वितरणको जिम्मा लिएको फिल्म अन्तर्राष्ट्रिय बजारमा सेभेन सिज इन्टरटेनमेन्ट कम्पनीले रिलिज गर्ने जनाइएको छ ।





















प्रतिक्रिया