Logo

प्रमुख समाचार

कांग्रेस निकट नेपाल महिला संघले तोक्यो चार जिल्ला अध्यक्ष, कुन जिल्लामा को ?



काठमाडौँ । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल महिला संघले चार जिल्लामा अध्यक्ष मनोनीत गरेको छ । संघकी अध्यक्ष उषा रावत मिश्रले जिल्ला अधिवेशन गराउने प्रयोजनका लागि जिल्ला कार्यसमिति नभएका चार जिल्लामा अध्यक्ष मनोनीत गरेकी हुन् ।

सोलुखुम्बु, सिरहा, बारा र पर्सा जिल्लाको अध्यक्ष मनोनीत गरेको महिला संघले जनाएको छ । संघले सोलुखुम्बु महिला संघको अध्यक्षमा सरला नाछिरिङ राईलाई मनोनीत गरेको छ ।

त्यस्तै, सिराहा अध्यक्षमा संगिता चौधरी, बारा अध्यक्षमा कलावती पासवान र पर्सा अध्यक्षमा किरणकुमारी शर्मा मनोनीत भएका छन् ।

प्रकाशित मिति : १८ श्रावण २०८०, बिहीबार ०७:५३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।