काठमाण्डाै । नेपाली कांग्रेसका नेता डा. शेखर काेइरालाले देश भ्रष्टाचारले गाँजेकाे बताएका छन् ।
प्रेस युनियन काठमाण्डाैँ शाखाकाे प्रमाणपत्र वितरण कार्यक्रममा बाेल्दै डा. काेइरालाले नेपालका कुनै पनि भ्रष्टाचारका काण्ड जरैसम्म पुगेर छानबिन नभएकाे बताए । उनले भने, `भुटानी शरणार्थी, ललिता निवास प्रकरण, सुन काण्ड आयाे, तर कुनै पनि घटना पूर्ण रूपमा छानबिनमा गएन । अहिलेकाे सुन काण्ड पनि सामसूम हुन्छ किनकी माथिल्लाे तहकाे ‘इन्भल्भमेन्ट’ छ ।’
डा काेइरालाले नेपाल बिचाैलियाकाे पनि बिचाैलिया रहेकाे ठाउँ भएकाे उल्लेख गरे । नेता काेइरालाले नेपालबाट भारतमा अवैध सुन भित्र्याउने काम भएकाे बताए । उनले भने, ‘भारतमा ४००/५०० किलाे सुन नेपाल हुँदै जान्छ । नेपालीहरू बिचाैलियाकाे पनि बिचाैलिया भए । याे अहिलेकाे मात्रै हाेइन ।’ कार्यक्रममा बाेल्दै नेता काेइरालाले नेपालमा आएकाे अहिलेकाे सय किलाे छानबिनमा मात्रै देखिएकाे र यसरी धेरै परिणाममा सुन भित्रिने गरेकाे बताए ।
‘एक सय किलाे भन्या त केही हैन । याे भन्दा धेरै अबैध सुनकाे कारेबार भएकाे छ’, डा. काेइरालाले भने, ‘सुन काण्डले नेपालकाे सुरक्षा कमजाेर देखाएकाे छ । याे काण्ड सेलाउँदा सेलाउँदै अर्काे आउँछ । किनकी जरैसम्म कुनै पनि भ्रष्टाचार काण्डकाे अनुसन्धान भएकाे छैन र हुँदैन ।’
उनले अहिलेकाे भ्रष्टाचार काण्डमा अनुसन्धान सही तरिकाले नभएकाे स्पष्ट पारे । सीआइबीलाई अनुसन्धानमा संलग्न नगर्नु आशंकाकाे विषय रहेकाे डा. काेइरालाकाे भनाई थियाे । ‘यस काण्डमा सीआइबी संलग्न छैन । राजश्व अनुसन्धान मात्रै संलग्न छ । त्यसकारण याे शंकाष्पद छ’, डा काेइरालाले भने ।
डा. काेइरालाले कुनै पनि ठूला घाेटाला काण्डहरु आउँदा शीर्ष तीन दलका नेताहरु सँगै बस्नुपर्ने कारणबारे पनि शंका व्यक्त गरे । ‘कुनै घटना आउँछ अनि शीर्ष तीन नेता एक ठाउँमा बसेर छलफल हुन्छ ।’, डा. काेइरालाले भने, “किन छलफल हुन्छ त ? याे कुरा उजागर गर्न आवश्यक छ । दण्डहिनताकाे अन्त्य, सुशासन कायम गर्न सकियाे भने नेपालकाे भविष्य उज्जल छ ।´




















प्रतिक्रिया