Logo

प्रमुख समाचार

माओवादी केन्द्रीय कमिटीमा नारायणकाजीले भने– ‘भ्रष्टाचारी पार्टीकै नेता भएपनि छाडिन्न’



काठमाडौं । उप्रधान तथा गहृमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भ्रष्टाचार प्रकरणमा दोषी देखिए पार्टीकै नेतालाई पनि उन्मुक्ति नदिने स्पष्ट पारेका छन् । बुधबारदेखि प्रज्ञा प्रतिष्ठान कमलादीमा सुरु भएको पार्टीको केन्द्री कमिटी बैठकलाई बिहीबार सम्बोधन गर्दै उनले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकै सहल्लाहमा फाइल खोलेको र पार्टीकै नेता दोषी देखिएपनि नछाड्ने बताएका हुन् ।

सरकारले अहिले भ्रष्टाचार विरोधी अभियान चलाइहँदा पछिल्लो समय सुन प्रकरणमा माओवादीकै नेताहरूको नाम जोडिएको छ। माओवादीका उपाध्यक्ष कृष्णबहादुर महराका बाबुछोरा, उपमहासचिव वर्षमान पुनको नाम पनि सुन प्रकरणमा जोडिएको छ। तर, उनीहरूले आफू संलग्न नभएको प्रष्टीकरण दिइसकेका छन्। यद्यपि, सरकारले छानबिन गरिरहेको छ।

श्रेष्ठले सरकारको राम्रो कामका बलमा एकता, रूपान्तरण गरेर पार्टी पुनर्निर्माण गर्नुपर्ने बताएका छन् । अध्यक्ष प्रचण्डको राजनीतिक र संगठनात्मक प्रतिवेदनमाथि नेताहरूले आआफ्नो धारणा राख्ने क्रममा जारी छ। बुधवारको बैठकमा १८ जना बोलेका थिए।

नेताहरूले पार्टी पार्टी शुद्धीकरण तथा सुदृढीकरण गर्दै वामपन्थी एकतामा जोड दिएका थिए। यसैगरी सरकारले चालेको भ्रष्टाचार विरोधी अभियानमा छानबिनको सुइँ जहाँसम्म गए पनि छाड्न नहुने र नेताहरूको पनि सम्पत्ति छानबिन गर्नुपर्ने माग राखेका छन् ।

प्रकाशित मिति : १८ श्रावण २०८०, बिहीबार १४:१८   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।