काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले सुन प्रकरणको छानबिनका क्रममा आफू दोषी देखिए कानुनी कठघरामा उभिन तयार रहेको बताएका छन् । सत्यतथ्य रुपमा छानबिन प्रक्रिया अगाडि बढाउन आग्रह गर्दै उनले दोषी प्रमाणित भए आफू सजाय भोग्न तयार रहेको स्पष्ट पारेका हुन् ।
बुधबारदेखि प्रज्ञा भवन कमलादीमा जारी पार्टीको केन्द्रीय समिति बैठकमा शनिबार धारणा राख्दै यस्तो बताएका हुन् । करिब एक सय किलो सुन प्रकरणमा पक्राउ परेका दावा छिरिङसँग पुनको तस्बिरहरू सार्वजनिक भएका छन् । बैठकमा केन्द्रीय सदस्यहरूले सुन काण्डमा मुछिएका नेताहरूले मिडियामा विज्ञप्ति जारी गरेर नहुने भन्दै सीआईबीमा निवेदन दिनुपर्ने धारणा राखेका थिए ।
त्यसबारे जवाफ दिँदै पुनले दोषी प्रमाणित भए कानुनी कठघरामा उभिन तयार रहेको बताएका हन् । यसअघि गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन तस्करी प्रकरणमा माओवादीकै नेता भएपनि नछोड्ने चेतावनी दिएका थिए ।




















प्रतिक्रिया