काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पार्टीका नेताहरुको सम्पत्ति छानबिन गर्नुपर्ने प्रस्ताव अघि सारेका छन् । काठमाडौंमा जारी केन्द्रीय समिति बैठकमा शनिबार धारणा राख्ने क्रममा शर्माले पार्टी नेताहरुका सम्पत्ति छानबिन गर्नुपर्ने र त्यसका लागि आफू तयार रहेको बताएका हुन् ।
आफूले संसद्बाटै २०४७ साल यताका सबै नेताहरुको सम्पत्ति छानबिनको माग राख्दै आएको भन्दै उनले पार्टीका नेताहरूबाटै सुरुवात गर्न प्रस्ताव गरेका हुन् । ‘मैले संसद्को रोस्ट्रमबाट २०४७ साल यताका सबै नेताहरुको सम्पत्ति छानबिन गरौं भनेर प्रस्ताव गरेको हुँ । पार्टीभित्र पनि सम्पत्ति छानबिन गर्नुपर्छ भन्ने कुरामा मेरो दृढ सहमति छ’, पूर्व अर्थमन्त्रीसमेत रहेका शर्माले भने, ‘छानबिन गरौं कसको सम्पत्ति कति छ? कसका घर कति छन् ? कसका के के व्यवसाय छन् ? कसका बैंक ब्यालेन्स कति छ ? यसका लागि म तयार छु ।’
उपमहासचिव शर्माले आफूले कुनै गल्ती नगर्दा नगर्दै पनि प्रश्न उठेपछि छानबिनको लागि मार्गप्रशस्त गरेको बताए । ‘कुनै गल्ती नगर्दा नगर्दै पनि प्रश्न उठेपछि छानबिनको लागि मार्गप्रशस्त गर्ने मै हुँ’, उनले अघि भने ।




















प्रतिक्रिया