काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले आफूले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई असहयोग नगरेको स्पष्ट पारेका छन् । बुधबारदेखि काठमाडौं कमलादीस्थिति प्रज्ञा भवनमा जारी बैठकमा शनिबार धारणा राख्ने क्रममा उनले अध्यक्ष प्रचण्डलाई आफूले सहयोग गरेको तर गलत प्रचार भएको गुनासो गरे ।
अध्यक्षले चाहँदा, परिस्थितिले माग गर्दा, वैचारिक राजनैतिक निर्णय लिँदा आफू लागेको उपमहासचिव शर्माको प्रष्टोक्ति छ । ‘अध्यक्षले चाहँदा, परिस्थितिले माग गर्दा, वैचारिक राजनैतिक निर्णय लिँदा, गठबन्धन बनाउँदा, जतिखेर पनि खटनपटनमा लागेकै छु’ बैठकमा उनले भने, ‘स्वतन्त्र व्यक्ति राष्ट्रपति बनाउनु हुँदैन, पार्टीबाट बनाउनुपर्छ, सभामुख र राष्ट्रपति एउटै पार्टीको बनाए थप समस्या आउँछ भनेर तैँले बाहिर बोल र वातावरण बना भनी अध्यक्षले आदेश दिँदा आफ्नो मत थाँती राखेर भए पनि त्यसको पालना गरेकै छु । परिस्थिति अदल बदल गर्नुपर्दा वा अन्य कुनै सङ्कट आइपर्दा सधैँ अध्यक्षको पक्षमा खडा भएकै छु ।’
कहिलेकाहीँ आँखा जुधाएर कुरा गरिएको विषयलाई नै असहयोग गरेको भनेर प्रचारबाजी भएको शर्माको भनाइ थियो । ‘कहिलेकाहीँ आँखा जुधाएर कुरा गर्न मन लाग्छ, गरिन्छ पनि । तर त्यसैलाई असहयोग गर्यो भनेर नेतृत्वको आडमा नानाथरी बिल्ला भिराएर प्रचारबाजी गरिन्छ’, उनको थप गुनासो थियो, ‘अध्यक्ष कमरेडले भन्नुपर्यो– कुन चाहिँ अप्ठेरो मोडमा तपाईँले मेरो साथ र समर्थन पाउनु भएन ? तलका कुन चाहिँ व्यक्तिलाई मैले मलाई गुटको नेता मान्नुपर्छ भनेर भोट मागेको छु ? विधि, विधान, पद्धति, प्रणाली मिचिएको कुरा उठाउनै पर्ने भएर उठाइयो होला । समस्या जे हो त्यो चाहिँ भन्नैपर्छ । चुप लागियो भने सुधार हुँदैन भन्ने मान्यताले कहिलेकाहीँ काम गर्यो होला।’
- याे पनि…
माओवादी केन्द्रीय समितिमा जनार्दन शर्माकाे प्रस्ताव– ‘कसको सम्पत्ति कति छ, छानबिन गरौं’




















प्रतिक्रिया