Logo

प्रमुख समाचार

गाउँ पस्यो नेपाली कांग्रेस



सत्तारूढ नेपाली कांग्रेस पार्टी संगठन सुदृढीकरण गर्न शनिबारदेखि गाउँ पसेको छ ।

महाधिवेशन भएको ६ महिनाभित्र पार्टीका सबै निकायलाई पूर्णता दिनुपर्ने कांग्रेसले डेढ वर्ष बित्दा पनि त्यो काम गर्न सकेको छैन । सांगठनिक अवस्था लथालिंग रहेको अवस्थामा उसले गाउँगाउँमा कांग्रेस भन्ने १० दिने अभियान सुरु गरेको हो । पार्टी सभापति शेरबहादुर देउवाको १८ बुँदे निर्देशन बोकेर जिल्लाजिल्ला पुगेका केन्द्रीय प्रतिनिधिहरूले शनिबार १० दिने अभियान सुरु गरेका छन् । आन्तरिक विशेष अभियान नाम दिएर संगठन सुधारका लागि कांग्रेसले प्रतिनिधिसभा प्रत्यक्षतर्फका १ सय ६५ निर्वाचन क्षेत्रमा कार्यक्रम सञ्चालन गर्ने भएको हो ।

जिल्लामा खटिएका नेताहरूले पार्टी संगठनको अवस्था, विधानअनुसार गठन हुनुपर्ने संरचना गठन भएनभएको, स्थानीय सरकार र पार्टीबीचको सम्बन्धजस्ता विषयमा छलफल गरी संरचना निर्माणसहितका विषयमा सहजीकरण गर्ने जनाइएको छ ।

भ्रातृ संस्था र शुभेच्छुक संस्थाहरूको अवस्थाबारे जानकारी लिने र छलफल गर्ने काम पनि केन्द्रीय प्रतिनिधिहरूले गर्नेछन् । उनीहरूलाई जिल्लाको अवस्थाबारे केन्द्रमा प्रतिवेदन केन्द्रमा बुझाउन भनिएको छ। यो समाचार आजको नागरिक दैनिकमा छ ।

प्रकाशित मिति : २१ श्रावण २०८०, आईतवार ०८:३५   :  बजे

57
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।