Logo

अर्थ

नेप्सेमा तीन लघुवित्तको १ करोड ९८ लाख १४ हजार कित्ता शेयर सूचीकृत



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा तीन लघुवित्त वित्तीय संस्थाको १ करोड ९८ लाख १४ हजार ९ सय ७२.८९ कित्ता शेयर सूचीकृत भएको छ । मर्जरपछि सानाकिसान विकास लघुवित्त, विजय लघुवित्त र आशा लघुवित्तको नाममा उक्त शेयर आज सूचीकृत भएको हो ।

यसैक्रममा आरएमडीसी लघुवित्तलाई १ः०.८७ को अनुपातमा मर्ज गर्दा कायम हुन आएको १ करोड ३६ लाख ४ हजार ५ सय ६९.३ कित्ता शेयर आज साना किसान विकास लघुुवित्त वित्तीय संस्थाको नाममा सूचीकृत भएको छ । नेप्सेमा सूचीकृत भएसँगै सोमबारबाट शेयर कारोबार हुने  ८४८.३६ ओपन रेञ्ज निर्धारण गरिएको छ ।

त्यसैगरी नयाँ सारथी लघुवित्तलाई १ः१ को अनुपातमा मर्ज गरेपछि कायम हुन आएको ३६ लाख १० हजार ४ सय ३.५९ कित्ता शेयर विजय लघुवित्तको नाममा सूचीकृत भएको छ । सूचीकरण भएसँगै सोमबारबाट शेयर कारोबार हुने र रु ७०३.५५ ओपन रेञ्ज निर्धारण गरिएको नेप्सेले जनाएको छ ।

प्रकाशित मिति : २१ श्रावण २०८०, आईतवार १८:२८   :  बजे

57
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।