काठमाडौं । नेपाली कांग्रेस पार्टीको भातृ संगठन नेपाल महिला संघ दुई समूहबीच विवाद बढेको छ । महिला संघकी अध्यक्ष उषा राउतले एकलौटी ढंगले विधान विपरीत केही जिल्ला सभापति हटाएपछि शेखर समूह आक्रोशित भएको हो ।
सोमवार काठमाडौंमा पत्रकार सम्मेलन गरी शेखर कोइराला पक्षधर महिला नेताहरूले उषा राउतको सो निर्णय फिर्ता नभए देशभर समानान्तर संगठन चलाउने चेतावनी दिएका छन् ।
१२ जिल्ला अध्यक्ष हटाउने निर्णय गर्ने सभापति राउतलाई बर्खास्त गर्न उनीहरूले सभापति शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छन् ।
पार्टीभित्र अराजकता बढेको उनको निष्कर्ष छ । ‘पार्टीभित्र अराजकता बढ्यो, यसरी विधानविपरीत जाने छुट कसैलाई छैन,’ नेता कोइरालाले महिला संघका नेतृहरूलाई भने, ‘उस्तै परे केन्द्रदेखि जिल्ला तहसम्म महिला संघको समानान्तर समिति चलाउनेसम्मको तयारीमा जुट्नू ।’




















प्रतिक्रिया