काठमाडौं । सदनको अवरोध खुलाउने विषयमा सभामुख देवराज घिमिरेसहित तीन दलका शीर्ष नेताको बैठक सकिएको छ ।
सुन तस्करी प्रकरणको निष्पक्ष छानबिन माग गर्दै प्रमुख प्रतिपक्षी एमालेले गरिररहेको संसद् अवरोध खुलाउनेबारे शीर्ष नेताहरूको बैठक बिना निष्कर्ष टुंगिएको हो ।
शीर्ष नेताहरूको छलफल साढे ३ बजे फेरि सुरु हुने कांग्रेस नेता रमेश लेखकले जानकारी दिए । उनका अनुसार साढे ३ बजे बानेश्वरमा बस्ने बैठकमा सदन खुलाउन र संसदीय समितिको सभापति चयनबारे समेत निर्णयमा पुग्ने दलहरुको तयारी छ ।
आज दिउँसो १ बजेका लागि तय भएको प्रतिनिधिसभा बैठक दलहरुबीचको छलफल नसकिएकाले अपराह्न चार बजेलाई सूचना टाँसेर सारिएको छ ।




















प्रतिक्रिया