Logo

राजनीति

शीर्ष नेताहरुबीच पुन: छलफल सुरु



काठमाडौं । संसद संचालनको विषयमा प्रमख तीन राजनीतिक दलका शीर्ष नेताहरुबीच पुन: छलफल सुरु भएको छ ।

मध्यान्ह साढे १२ बजेदेखि साढे दुई बजेसम्म सिंहदरवारमा बसेको बैठक बिना निष्कर्ष टुंगिएको थियो ।

छलफलका आधारमा आ-आफ्ना पार्टीमा आन्तरिक छलफल गर्ने र पुनः बस्ने सहमति भएको थियो । सोही अनुसार संसद भवन वानेश्वर स्थित नयाँ वानेश्वरमा दोस्रो चरणको छलफल सुरु भएको हो ।

सभामुखको कार्यकक्ष बानेश्वरमा जारी छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउबा, प्रमुख विपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओली लगायतका प्रमुख सचेतक र सचेतक नेताहरु सहभागी छन् ।

प्रकाशित मिति : २२ श्रावण २०८०, सोमबार १६:२६   :  बजे

75
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।