Logo

प्रमुख समाचार

एकपछि अर्को विवादित निर्णय गर्दै मन्त्री किराती



भोजपुरबाट प्रतिनिधिसभा सदस्य निर्वाचित नेकपा माओवादी केन्द्रका नेता सुदन किराती २०७९ माघ ३ गते संघीय सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भए । मन्त्रीको शपथग्रहणअघि नै सामाजिक सञ्जालमा एउटा भावुक स्टाटस लेखेर उनले सबैको ध्यान खिचेका थिए ।

सामाजिक सञ्जालमा उनले पिताजीसँग गरेको कुराकानीका केही अंश लेखेका थिए। कुराकानीका क्रममा उनले पितालाई भनेका थिए, ‘मन्त्री पद पाउनु ठुलो कुरा होइन, काम गर्नु ठुलो कुरा हो। म मिहिनेत गर्छु।’

मन्त्रालयको जिम्मेवारी सम्हाल्ने बेला उनले एउटा ‘स्टन्ट’ गरे। मन्त्रालयको गेटमै सहयोग पेटिका राखे। त्यहाँबाट उठेको पैसा दुर्गम हिमाली जिल्लाको शिक्षामा सदुपयोग गर्ने जनाए। राज्यको नीतिनिर्माणको थलो संसद् र सरकार दुवै ठाउँमा पुगेका सुदनको भूमिका दुर्गम क्षेत्रमा शिक्षाको पहुँच कसरी पुर्याउने भन्ने नीति निर्माणमा केन्द्रित हुनुपर्ने थियो तर चर्चामा आउन उनले आफ्नो भूमिका र जिम्मेवारी भुलेर चन्दा बाकस राखे।

मन्त्रालयमा पदभार सम्हालेकै दिन आफूले खादा, माला र पुष्पगुच्छाको प्रयोग नगर्ने घोषणा गरे। खादा, माला र पुष्पगुच्छाको सट्टा त्यसबरारबर रकम चन्दा बाकसमा खसालेर सहयोग गर्न उनले आग्रह गरे। त्यसयता अहिलेसम्म किरातीले गरेका प्रायः निर्णय विवादित बनेका छन्।

  • विवादित व्यक्ति पशुपति विकास कोषको सदस्य
  • नाट्येश्वरीको १५ रोपनी जग्गा हडप्ने प्रयास
  • लकरमा गोली राख्ने ल्हारक्याल कोषको उपाध्यक्ष

मन्त्री किरातीले साउन दोस्रो साता पशुपति क्षेत्र विकास कोषको सदस्यमा विवादित व्यक्ति राजुकुमार खत्रीलाई नियुक्त गरेका छन् । किरातीले अर्को यस्तै विवादित निर्णय गर्ने प्रयास गरे। किरातीकै कार्यकालमा बाल मन्दिरबाट नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको स्वामित्वमा आएको १५ रोपनी जग्गा हडप्ने प्रयास गरियो ।

किरातीले शान्ति क्षेत्रको नेतृत्व गर्ने लुम्बिनी विकास कोषको उपाध्यक्षमा विवादित व्यक्ति ल्हारक्याल लामालाई नियुक्त गरेका छन्। लामा यस्ता व्यक्ति हुन्, विगतमा उनको पृष्ठभूमि निकै विवादित छ। यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ।

प्रकाशित मिति : २३ श्रावण २०८०, मंगलवार ०९:३०   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।