Logo

प्रमुख समाचार

गृहमन्त्रीलाई संसदमा बोल्न दिन एमाले तयार, माग पूरा नगरे फेरि अवरोध गर्ने



काठमाडौं । सुन तस्करीबारे छानबिनका लागि उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै आएको प्रमुख प्रतिपक्षी नेकपा एमाले गृहमन्त्रीको जवाफ सुन्न तयार भएको छ । बैठकमा गृहमन्त्रीलाई पनि बोल्न दिने तर माग पूरा नगरेमा पुनः अवरोध गर्ने जनाएको छ ।

संसदको अवरोध हटाउनेबारे मंगलबार नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरुबीच छलफल भएको थियो ।

माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले भने सीआईबीको अनुसन्धानले पुगेन भने थप छानबिन गर्न प्रधानमन्त्री तयार रहेको बताए ।

एमाले सचेतक महेश बर्तौलाका अनुसार प्रहरीले गरिरहेको अनुसन्धानलाई निरन्तरता दिने गरी अरु छानबिनका लागि उच्चस्तरीय छानबिन समिति बनाउन प्रस्ताव गर्दा पनि सरकार तयार भएन । बरु सत्ता पक्षले गृहमन्त्री जवाफ दिन आउँदा पनि प्रमुख प्रतिपक्षले दिएन भन्ने भ्रम छर्न प्रयास गरेको उनले बताए ।

अहिले बाढी पहिरो लगायतका विषयमा सांसदहरुले सरकारलाई ध्यानाकर्षण पनि गराउनुपर्ने भएको भन्दै एमालेले आजको संसद बैठकमा आकस्मिक, शून्य र विशेष समय चलाउन दिन तयार भएको छ । यो बेला उपप्रधान तथा गृहमन्त्रीले सुन तस्करीबारे जवाफ दिए सुन्ने एमालेले बताएको छ । प्रतिनिधिसभाको बैठक आज दिउँसो तीन बजे बस्दै छ ।

प्रकाशित मिति : २३ श्रावण २०८०, मंगलवार १५:१०   :  बजे

57
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।