काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भएको क्विन्टल सुन तस्करी प्रकरणको छानबिन तथ्य र प्रमाणले देखाएको ठाउँसम्म पुग्नुपर्ने बताएको छ । माओवादी केन्द्रका उपाध्यक्षसमेत रहेका प्रवक्ता अग्नि सापकोटाले सरकारले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)लाई जिम्मा दिएको उल्लेख गर्दै तथ्य र प्रमाणका आधारमा अगाडि बढ्नुपर्ने बताए ।
पार्टी केन्द्रीय कार्यालय काठमाडौं पेरिसडाँडामा बुधबार पत्रकार सम्मेलन गर्दै सापकोटाले सुन तस्करी प्रकरणको अनुसन्धान निष्कर्षमा पुर्याउनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड प्रतिबद्ध रहेको पनि बताए । ‘सुन प्रकरणलाई निस्कर्षमा पुर्याउने कुरामा प्रधानमन्त्री प्रतिबद्ध हुनुहुन्छ । उहाँ दृढ हुनुहुन्छ । निर्दोष नपरुन्, दोषी नउम्किउन् भन्ने छ । कसरी तथ्यद्वारा सत्य पत्ता लगाउने कुरामा के गर्दा ठिक हुन्छ भनेर प्रधानमन्त्री कार्यालय अन्तर्गत रहेको राजश्व अनुसन्धानले सीआईबीलाई दियो’, उनले भने, ‘त्यहाँ मोलाहिजा हुँदैन, त्यो रोकिँदैन । यसलाई अगाडि बढाइछाड्ने कुरामा प्रधानमन्त्रीले पदाधिकारी र केन्द्रीय कमिटी बैठकमा प्रतिबद्धता राख्नुभएको छ । पहिलाको इतिहास दोहोरिँदैन, अनुसन्धान निर्धक्कसाथ अघि बढ्छ । तथ्य र प्रमाणले जो–जो, जहाँ–जहाँसम्म पुग्छ त्यहाँसम्म पुग्नका लागि कुनै हिच्किचाहट हुँदैन ।’
त्यस्तै, सापकोटाले माओवादीको भदौ १६ गतेदेखि सुरु हुने ३ महिने अभियान पार्टीको लागि अन्तिम परीक्षा भएको बताए । ३ महिने अभियान पार्टीका लागि अन्तिम परीक्षा भएको पनि उनको भनाइ थियो ।
‘




















प्रतिक्रिया