काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदीय दलको कार्यसमितिको बैठक बोलाएका छन् । आज अपरान्ह ४ बजे देउवा निवास धुम्बाराहीमा दलको कार्यासमिति बैठक बस्न लागेको हो ।
कांग्रेसको संसदीय दलको कार्यसमितिमा दलका नेता देउवासहित, दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा, प्रमुख सचेतक रमेश लेखक र सचेतकमा सुशीला थिङ छन् ।
संसदको गतिरोधका विषयमा छलफल हुने कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले बताए ।




















प्रतिक्रिया