Logo

अर्थ

सेयर बजारमा सामान्य अंककाे वृद्धि, सवा २ अर्बको कारोबार



काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा सामान्य वृद्धि देखिएको छ । बिहीबार सेयर बजार मापक नेप्से परिसूचक ५.१३ अंकले बढेर २०६६.०५ को बिन्दुमा पुगेको छ ।

यस दिन राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ परिसूचक पनि १.१० अंकले बढेर ३९४.१५ को बिन्दुमा पुगेर बन्द भएको छ ।

आज नेप्सेमा सूचीकृतमध्ये २६९ कम्पनीका ५५ लाख ३ हजार २१ कित्ता सेयर २ अर्ब १५ करोड ६५ लाख ८३ हजार ९४६ रुपैयाँमा किनबेच भएका छन् ।

आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ८ वटाको सेयर मूल्य बढेको छ भने ५ वटामा सूचक घटेको छ ।

यो दिन होटेल तथा पर्यटन समूह सर्वाधिक २.६७ प्रतिशतले उकालो लागेको छ । व्यापार समूह १.१० प्रतिशतले बढ्दा जलविद्युत समूहमा ०.३१ प्रतिशत, लगानी समूहमा ०.१८ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.५९ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.६६ प्रतिशत, निर्जीवन बीमा समूहमा १.२५ प्रतिशत र अन्य समूहमा ०.४९ प्रतिशतको बढोत्तरी भएको छ ।

आज वित्त समूह सर्वाधिक ०.३९ प्रतिशतले ओरालो लागेको छ । विकास बैंक समूहमा ०.२८ प्रतिशतले घट्दा विकास बैंक समूहमा ०.०१ प्रतिशत, जीवन बीमा समूहमा ०.०८ प्रतिशत र लघुवित्त समूहमा ०.१५ प्रतिशतको गिरावट आएको छ ।

यो दिन सोल्टी होटेलको सर्वाधिक १६ करोड ९५ लाख रुपैयाँ बढीको कारोबार भएको छ ।

प्रकाशित मिति : २५ श्रावण २०८०, बिहीबार १५:५२   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।