Logo

प्रमुख समाचार

मन्त्रिपरिषद् पुनर्गठनकाे तयारी, माओवादीका एक मन्त्री हटाइने



जनमत पार्टी सरकारमा सहभागी हुने भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनमत पार्टीकी सांसद अनिता देवी साहलाई मन्त्री नियुक्त गर्न लागेका हुन् ।

‘प्रचण्ड’ मन्त्रिपरिषद् अहिले नै २५ सदस्यीय छ । उनीहरूमध्ये एकलाई हटाएर साहलाई मन्त्री बनाउने तयारी छ । सम्भवतः माओवादी केन्द्रबाट मन्त्री भएकामध्ये एकलाई हटाउने सम्भावना छ । तर कसलाई फिर्ता बोलाउने भन्ने तय भई नसकेको बताइएको छ ।

तर जनमतकी सांसद साहलाई आइतबार मन्त्री नियुक्त गर्ने तयारी छ । जनमतले यसअघि नै उनको नाम सिफारिस गरेको थियो ।

प्रकाशित मिति : २७ श्रावण २०८०, शनिबार ०९:४१   :  बजे

366
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।