काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले भेट गरेका छन् ।
देउवाको सचिवालयले जनाए अनुसार उपप्रधानमन्त्री श्रेष्ठ देउवालाई भेट्नका लागि शुक्रबार साँझ धुम्बाराही पुगेका थिए । देउवा र श्रेष्ठबीच केहीबेर छलफल भएपनि के विषयमा कुराकानी भएको भन्ने खुलाइएको छैन ।
शुक्रबार नै बसेको काँग्रेस संसदीय दलको बैठकमा सांसदहरूले नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा सांसद सुनिल शर्मामाथि सरकार पूर्वाग्रही भएर कांग्रेसलाई लक्षित गरेको आशंका गरेका थिए । कांग्रेस संसदीय दलको बैठकमा सरकारको आलोचना भएपछि गृहमन्त्री श्रेष्ठ धुम्बाराही पुगेका हुन् ।
पछिल्लो समय गृहमन्त्री श्रेष्ठको कार्यशैलीप्रति सभापति देउवाले असन्तुष्टि जनाउँदै आएका छन् । नक्कली शैक्षिक प्रमाणपत्र प्रकरण पक्राउ परेका कांग्रेस सांसद शर्मा शुक्रबार नै छुटिसकेका छन् ।




















प्रतिक्रिया