चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रीहरूलाई हरेक महिना आफूले गरेको कामको प्रगति विवरण बुझाउन निर्देशन दिएका छन् । हरेक मन्त्रीलाई नमूना कार्य गरेर देखाउन भन्दै कार्यसम्पादन सम्झौता गरिएको प्रधानम्न्त्री प्रचण्डले बताएका छन् ।
चितवनको भरतपुर २२ पटिहानीमा शनिबार अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले मन्त्रीहरूले हरेक महिना प्रगति विवरण बुझाउनुपर्ने गरी सम्झौता गरिएको बताए ।
अहिलेको सरकार सुशासन, न्याय र सम्वृद्धिको लागि दृढ भएर लागेको बताउँदै प्रधानमन्त्री प्रचण्डले नेपालमा सम्वृद्धिको यात्रा अगाडि बढाउँदै सुशासन कायम गरेर भष्टाचारको अन्त्य गर्न सरकार लागेको बताए । उनले बुढिगण्डकी लगायतका ठूला परियोजनाहरुको निर्माण कार्य अगाडि बढ्न लागेको जनाउँदै एउटै परियोजनाबाट १० हजार मेगावाटसम्म विद्युत निकाल्ने गरी काम भैरहेको बताए ।
विदेशमा जाने युवा र स्वदेश भित्र नै केही उत्पादन गर्न चाहाने युवाहरूका पक्षमा सरकारले महत्वपूर्ण निर्णय गरेको प्रधानमन्त्री प्रचण्डको भनाइ छ । शुक्रबार दिउँसो चितवन पुगेका प्रधानमन्त्री प्रचण्ड भरतपुर १४ स्थित आफ्नै घरमा बसेका छन् । उनी शनिबार चितवन नै रहने जनाइएको छ ।




















प्रतिक्रिया