काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले चार देशसम्मिलित टी–ट्वान्टी सिरिज खेल्ने भएको छ । मलेसियामा हुने सिरिजमा नेपालसहित घरेलु टोली मलेसिया, कुवेत र हङकङ छन् ।
नेपाल क्रिकेट संघ (क्यान)का अनुसार सिरिज अगष्ट २२ देखि २६ सम्म हुनेछ । वायुमास ओभलमा पाँच दिन चल्ने सिरिजमा शीर्षस्थानमा रहने टोलीले फाइनल खेल्दा दुई टोलीले तेस्रो स्थानको लागि खेल्ने तालिका छ ।
नेपालले पहिलो खेल अगष्ट २२ मा हङकङ, दोस्रो खेल अगष्ट २३ मा कुवेतसँग खेल्न छ ।




















प्रतिक्रिया