Logo

खेलकुद

नेपालले चार देशसम्मिलित टी–ट्वान्टी सिरिज खेल्ने



काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले चार देशसम्मिलित टी–ट्वान्टी सिरिज खेल्ने भएको छ । मलेसियामा हुने सिरिजमा नेपालसहित घरेलु टोली मलेसिया, कुवेत र हङकङ छन् ।

नेपाल क्रिकेट संघ (क्यान)का अनुसार सिरिज अगष्ट २२ देखि २६ सम्म हुनेछ । वायुमास ओभलमा पाँच दिन चल्ने सिरिजमा शीर्षस्थानमा रहने टोलीले फाइनल खेल्दा दुई टोलीले तेस्रो स्थानको लागि खेल्ने तालिका छ ।

नेपालले पहिलो खेल अगष्ट २२ मा हङकङ, दोस्रो खेल अगष्ट २३ मा कुवेतसँग खेल्न छ ।

प्रकाशित मिति : २७ श्रावण २०८०, शनिबार १५:१९   :  बजे

90
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।