Logo

राजनीति

राखेपमा नसमेटिए सरकार छाड्ने एकीकृत समाजवादीको चेतावनी



काठमाडौं । सत्तासाझेदार दल नेकपा एकीकृत समाजवादीले राष्ट्रिय खेलकुद पषिद्मा भाग नपाएर सरकार छाड्ने चेतावनी दिएको छ । एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले सरकारले नेपाल खेलकुद महासंघ समाजवादीलाई राखेपमा समावेश नगरेकामा असन्तुष्टि व्यक्त गर्दै यस्तो चेतावी दिएका हुन् ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै खनाले आफ्नो पार्टीनिकट सो महासंघलाई राखेपमा किन समावेश नगरेको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग प्रश्न समेत गरे । उनले महासंघलाई तत्काल राखेपमा समावेश नगरे आफ्नो पार्टी सरकारमा बसिरहन जरुरी नभएको बताए ।

समाजवादतर्फको यात्रालाई सुनिश्चित गर्ने गरी संगठन विस्तार गर्न खेलकुद क्षेत्रमा आबद्ध पार्टीका नेता–कार्यकर्तालाई उनले निर्देशन पनि दिए । “हामी सरकारसँग पनि संघर्ष गर्छौँ । अहिले खेलकुद परिषद्मा हाम्रो संगठनलाई समावेश गरिएको छैन । किन नगरिएको हो रु म सरकारसँग प्रश्न गर्न चाहन्छु । यदि, हाम्रो पार्टी पनि सत्तामा छ भने भोलि नै हाम्रो संगठनलाई पनि त्यहाँ संगठित गर्नुपर्‍यो,” उनले भने, “होइन भने यो सत्तामा बसिरहनु के जरुरी छ हाम्रो पार्टीका लागि रु म यो प्रश्न यो देशका प्रधानमन्त्रीलाई र यो देशका खेलकुदमन्त्रीलाई सोध्न चाहन्छु ।”

सम्मानित नेता खनालले सबै खेलाडीलाई उत्साहका साथ खेल क्षेत्रको विकासमा लाग्न आग्रह पनि गरे ।

प्रकाशित मिति : २७ श्रावण २०८०, शनिबार १७:०३   :  बजे

48
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।