काठमाडाैं । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन साहले कवितामार्फत ठूला दलका शीर्ष नेताहरूमाथि व्यांग्य गरेका छन् । उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीकाे बाेली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकाे टाेली आफूलाई मन नपर्ने बताएका छन् ।
प्रमुख साहले प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई गाेलीसँग तुलना गर्दै आफूलाई शान्तिकाे दसैँ मन पर्ने तर रगतकाे हाेली मन नपर्ने उल्लेख गरेका छन् ।
महानगर प्रमुख साहकाे कविता:–
मलाई नेता मनपर्दैन ,
तिमीलाई नि त मनपर्दैन ,
मलाई एउटा मन पर्दैन ,
तिमीलाई यी त मनपर्दैन ,
तिमीलाई के पि ओलि मनपर्छ ,
मलाई बोली मन पर्दैन ,
तिमीलाई शेर बहादुर मन पर्छ ,
मलाई टोली मन पर्दैन ,
तिमीलाई प्रचन्ड मनपर्छ ,
मलाई गोली मन पर्दैन ।
शान्तिको दशै मनपर्छ, रगतको होली मनपर्दैन ।
मलाई देश मनपर्छ ,
तिमीलाई के मनपर्दैछ ?




















प्रतिक्रिया