काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुन प्रकरणलाई लिएर सत्ता पक्षमाथि कटाक्ष गरेका छन् । प्रतिपक्षले उठेर सुन तस्करी छानबिन भन्नेवित्तिकै सत्तापक्ष ज¥याकजुरुक उठेर हाहुहाहु गर्न थाल्ने ओलीको टिप्पणी छ ।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा अध्यक्ष ओलीले यस्तो टिप्पणी गरेका हुन् । ‘प्रतिपक्षले उठेर सुन तस्करी छानबिन भन्नेवित्तिकै सत्तापक्ष ज¥याकजुरुक उठेर हाहुहाहु गर्न थाल्छ । सत्तापक्षले मात्र बोल्न पाउँछ, प्रतिपक्षले बोल्न पाउँदैन’, त्यसअघि उनले भने, ‘निष्पक्ष छानिबिन समित बनाऔं, आयोग बनाऔं, त्यसले नभएको कुरा त ल्याउँदैन होला । ’
विरोधमा बोल्नेहरुलाई सरकारले अनेक बहानामा दुख दिएको ओलीको आरोप छ । उनले सुन तस्करी काण्डमा गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग गरेकै आधारमा सांसद सुनिल शर्मालाई नक्कली प्रमाणपत्रको मुद्दामा पक्राउ गरेको आरोप लगाए ।
‘कोही बोल्यो भने कुनै नामको एउटा मुद्दा, युवा हुँदा पढेको मुद्दा बुढो हुँदा निकालेर । ‘ युवा हुँदा पढेको आईएससीको सर्टिफिकेट मामिला निकालेर‘ त्यो छानबिन गरेर हुन्थ्यो नि पहिले हत्कडी लगाए’, ओलीले भने ।
एउटा मान्छे गिरफ्तार हुनु सामान्य देखिए पनि सरकारले पाकिस्तानमा जस्तो प्रतिशोधको राजीति सरु गरेको ओलीले बताए । ‘मैले प्रधानमन्त्रीलाई भनेँ यो पाकिस्तानी राजनीति, प्रतिशोधको राजनीति, उहाँले सुरु गर्नुभएको छ । उहाँलाई आज मजा लागेको छ । तर यो राजनीति यहाँ अन्त्य हुुँदैन, उहाँहरुले बुझ्नुपर्छ यो त सुरुमात्र भयो’ ओलीले भने, ‘धेरै नहौसिन, अधिनायकवादी नहुन म सरकारलाई सम्झाउन चाहन्छु । सरकारले अधिनायकवादी भएर चल्ने होइन ।’




















प्रतिक्रिया