काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदीको मूल्य स्थिर रहेको छ ।
आज सुनचाँदीको मूल्यमा कुनै फेरबदल नभएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । योसँगै छापावाला सुन प्रतितोला १ लाख ११ हजार १०० रुपैयाँ र तेजाबी सुन १ लाख १० हजार ५५० रुपैयाँ कायम भएको छ ।
गत शुक्रबार सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको थियो । यो दिन छापावाला सुन प्रतितोला १ लाख ११ हजार १०० रुपैयाँ र तेजाबी सुन १ लाख १० हजार ५५० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि स्थिर रहँदै तोलाको १ हजार ३७५ रुपैयाँ कायम भएको छ । गत शुक्रबार तोलामा ५ रुपैयाँले घटेर चाँदी १ हजार ३७५ रुपैयाँमा किनबेच भएको थियो ।




















प्रतिक्रिया