Logo

अन्तर्राष्ट्रिय

फाइनल प्रवेशका लागि अष्ट्रेलिया र इंग्ल्याण्ड भिड्दै



एजेन्सी । फिफा महिला विश्वकप फुटबलमा फाइनल प्रवेशका लागि अस्ट्रेलिया र इंग्ल्याण्ड भिड्दै छन् ।

नेपाली समय अनुसार पौने ४ बजे सिड्नीमा यी दुईबीचको खेल हुने छ ।

आजको विजेताले उपाधिका लागि स्पेनसँग खेल्ने छ । इंग्ल्याण्डले क्वाटरफाइनलमा कोलम्बियामाथि २–१ गोल अन्तरको जित निकालेको थियो भने अस्ट्रेलियाले फ्रान्सलाई सडन डेथमा ७–६ ले पराजित गर्दै सेमिफाइनल स्थान पक्का गरेको थियो ।

दुवै टिम पहिलो पटक विश्वकप फुटबलको फाइनलमा पुग्ने प्रयासमा छन् ।

प्रकाशित मिति : ३१ श्रावण २०८०, बुधबार १२:२१   :  बजे

57
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।