एजेन्सी । फिफा महिला विश्वकप फुटबलमा फाइनल प्रवेशका लागि अस्ट्रेलिया र इंग्ल्याण्ड भिड्दै छन् ।
नेपाली समय अनुसार पौने ४ बजे सिड्नीमा यी दुईबीचको खेल हुने छ ।
आजको विजेताले उपाधिका लागि स्पेनसँग खेल्ने छ । इंग्ल्याण्डले क्वाटरफाइनलमा कोलम्बियामाथि २–१ गोल अन्तरको जित निकालेको थियो भने अस्ट्रेलियाले फ्रान्सलाई सडन डेथमा ७–६ ले पराजित गर्दै सेमिफाइनल स्थान पक्का गरेको थियो ।
दुवै टिम पहिलो पटक विश्वकप फुटबलको फाइनलमा पुग्ने प्रयासमा छन् ।




















प्रतिक्रिया