Logo

खेलकुद

सन्दीपको मुद्दामा आज अन्तिम सुनुवाइ हुँदै, एसिया कप खेल्न पाउलान् ?



काठमाडाैं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणी (बलात्कार)को मुद्दामा आज अन्तिम सुनुवाइ हुँदैछ ।

पटक-पटक स्थगित हुँदै आएको लामिछानेको मुद्दाकाे सुनुवाइ आज पहिलो नम्बरमा राखिएको छ । लामिछानेविरुद्ध काठमाडौं जिल्ला अदालतमा दर्ता भएको मुद्दाको उक्त पेसीमा कुनै फेरबदल नआए आज सन्दीपको मुद्दाले किनारा पाउनेछ ।

लामिछानेविरुद्ध २०७९ कात्तिक १४ गते काठमाडौं जिल्ला अदालतमा दर्ता भएको जबरजस्ती करणीको मुद्दामा हाल २४ पटक पेसी चढिसकेको छ ।

बलात्कार आरोप लागेका लामिछाने पछिल्लो पटक विश्वकप छनोटका लागि जिम्बावे प्रस्थान गरेयता मुद्दाले निरन्तरता पाउन सकेको थिएन । गत भदौदेखि उक्त मुद्दा खेपिरहेका लामिछाने अर्को हप्ता एसिया कप खेल्न श्रीलंका जाने तयारीमा छन् ।

आज मुद्दाको सुनुवाइपछि सन्दीपले अभियोग दाबीबाट सफाइ पाएका एसिया कप खेल्न जान पाउनेछन् भने दोषी ठहर भएमा जेल जानुपर्नेछ । अन्तिम सुनुवाइ हुन अगाडि नै नेपाल क्रिकेट सङ्घले एसिया कप खेल्ने १७ सदस्यीय टोलीमा सन्दीपको नामसमेत समावेश गरिसकेको छ ।

प्रकाशित मिति : ३२ श्रावण २०८०, बिहीबार ०९:१७   :  बजे

54
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।