Logo

अर्थ

भदौका लागि वाणिज्य बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक, कुनको कति ?



काठमाडौँ । वाणिज्य बैंकहरुले भदौ महिनाका लागि ब्याजदर सार्वजनिक गरेका छन् । नयाँ प्रकाशित ब्याजदर अनुसार कुनै बैंकको ब्याजदर घटेको छ कुनैको बढेको छ । वाणिज्य बैंकहरुले लामो समयदेखिको भद्र सहमति अन्त्य गरेपछि साउन देखिनै बजार अवस्था अनुरुप आफूखुसी ब्याजदर निर्धारण गर्दै आएका छन् ।

बैंकहरुले निक्षेपको ब्याजदर परिर्वतन गर्दा औसत १० प्रतिशत विन्दुले घटाउन वा बढाउन सक्ने व्यवस्था रहेको छ । नयाँ प्रकाशित ब्याजदर अनुसार बैंकहरुको अधिकतम ब्याजदर १०दहमलव ८९६ प्रतिशत रहेको छ। बैंकहरुले प्रकाशित गरेको नयाँ ब्याजदर अनुसार ४ वटा बैंकको ब्याजदर घट्दा ४ वटा बैंकको ब्याजदर स्थिर रहेको छ । यस्तै १२ वटा बैंकले भने साउनको भन्दा भदौमा ब्याजदर बढाएका छन् ।

भदौका लागि ७ वाणिज्य बैंकले मुद्दति निक्षेपमा १०.८९६ प्रतिशत र ५ वटा बाणिज्य बैंकको भने ब्याजदर १० प्रतिशत भन्दा माथी छ । साथै, बाकी ८ बैंकको व्याजदर १० प्रतिशत भन्दा तल छ । एक महिनामा ४ बैंकले ब्याजदर घटाएका छन् भने ४ बैंकले साउन महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् । १२ बैंकको ब्याजदर भने बढेको छ ।

मुद्दति निक्षेपमा १०.८९६ प्रतिशत ब्याजदर दिनेमा ग्लोबल आइएमई, एनआइसी एसिया, नेपाल बैक, कुमारी बैंक, सानिमा बैंक, सिटिजन बैंक र कृषि विकास बैंक रहेका छन् । त्यस्तै, १० प्रतिशत भन्दा माथी हुनेमा प्राइम बैंक, नबिल बैंक, लक्ष्मी सनराइज बैंक, एभरेष्ट बैंक र प्रभु बैंक रहेका छन् । सबैभन्दा कम ब्याजदर भने स्ट्याण्डर्ड चार्टर्ड बैंकको रहेको छ। यस बैंकको मुद्दति निक्षेपमा अधिकतममा ८.९२ प्रतिशत ब्याज दिने भएको छ। संस्थागत तर्फ भने यस बैंकले ६.९२ प्रतिशतका दरले ब्याज दिनेछ।

कुन बैंकको कति ब्याज ?

लक्ष्मी सनराइज बैंकको मुद्दति निक्षेपमा १०.४, संस्थागत तर्फ ७.९९, नबिल बैंकको व्यक्तिगत मुद्दति निक्षेपमा १०.४९ र संस्थागततर्फ ८.४९, प्राइम बैंकको व्यक्तिगततर्फ १०.५ र संस्थागत तर्फ ८.५, एभरेष्ट बैंकको व्यक्तिगततर्फ १० र संस्थागततर्फ ८, प्रभु बैंकको संस्थागततर्फ १० र व्यक्तिगततर्फ ८ प्रतिशत ब्याजदर रहेको छ ।

साउनको तुलनामा भदौमा एनएमबि, प्राइम कमर्सियल, स्ट्याण्डर्ड चार्टर्ड, एनआईसी एशिया बैंकले ब्याजदर घटाएका छन् । एनएमबि बैंकको मुद्दति निक्षेपमा व्यक्तिगततर्फ ९.९९ र संस्थागततर्फ ७.९९, नेपाल एसबिआई बैंकको व्यक्तिगततर्फ ९.९९, संस्थागततर्फ ७.९९, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको व्यक्तिगततर्फ ९.९९ र संस्थागत तर्फ ७.९९ प्रतिशत रहेको छ ।

यस्तै हिमालयन बैंकको व्यक्तिगततर्फ ९.९९, संस्थागततर्फ ७.९९, सिद्धार्थ बैंकको व्यक्तिगततर्फ ९.९९ र संस्थागत तर्फ ७.९९, माछापुच्छ्रे बैंकको व्यक्तिगततर्फ ९.९९ र संस्थागततर्फ ७.४९, राष्ट्रिय वाणिज्य बैंकको व्यक्तिगततर्फ ९.९९ र संस्थागततर्फ ७.९९ तथा स्टयान्डर्ड चार्टर्ड बैंकको ब्याजदर व्यक्तिगततर्फ ८.९२ र संस्थागततर्फ ६.९२ प्रतिशत रहेको छ ।

 

प्रकाशित मिति : ३२ श्रावण २०८०, बिहीबार १३:०८   :  बजे

378
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।