काठमाडाैं । आज सेयर बजारमा सामान्य अंकले बढेको छ । यसदिन सेयर बजार कारोबार मापक नेप्से परिसूचक ८.०१ अंकले बढेर २०३३.१३ को विन्दुमा उक्लिएको छ ।
त्यसैगरी, ठूला तथा बलिया कम्पनीको मापन गर्ने सेन्सेटिभ परिसूचक १.०८ अंकले बढेर ३८७.३८ को विन्दुमा पुगेको छ । आज साढे १ अर्ब रुपैयाँ माथिको मात्रै कारोबार भएको छ ।
आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये १२ वटा समूहमा हरियाली छाएको छ भने एउटामा मात्रै रातो पोतिएको छ । आज नेप्सेमा सूचीकृतमध्ये २७१ कम्पनीका ४० लाख ९ हजार २६३ कित्ता सेयर १ अर्ब ५४ करोड १३ लाख ६७ हजार ३९९ रुपैयाँमा किनबेच भएका छन् ।पछिल्लो केही दिन यता लगातार २ अर्ब माथिको कारोबार भएको बजारमा बुधबार १ अर्ब ६७ करोडमा झरेको थियो ।
यो दिन व्यापार समूह सर्वाधिक २.५३ प्रतिशतले उकालो लागेको छ । होटेल तथा पर्यटन समूह २ प्रतिशतले बढ्दा बैंकिङ समूहमा ०.२५ प्रतिशत, विकास बैंक समूहमा ०.३४ प्रतिशत, वित्त समूहमा ०.७९ प्रतिशत, जलविद्युत समूहमा ०.३८ प्रतिशत, लगानी समूहमा ०.२१ प्रतिशत, जीवन बीमा समूहमा ०.८१ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.०४ प्रतिशत, लघुवित्त समूहमा ०.२८ प्रतिशत, निर्जीवन बीमा समूहमा ०.५५ प्रतिशत र अन्य समूहमा ०.०१ प्रतिशतको बढोत्तरी भएको छ ।
आज म्युचुअल फन्ड समूह ०.२३ प्रतिशतले ओरालो लागेको छ । सोल्टी होटेलको सर्वाधिक १३ करोड ७१ लाख रुपैयाँ बढीको कारोबार भएको छ ।
आइएमई लाइफ, घोराही सिमेन्ट, शिवम सिमेन्ट, हिमालयन डिस्टिलरी, सूर्यज्योति लाइफ, हिमालयन लाइफ, सानिमा माई हाइड्रोपावर, माछापुच्छ्रे बैंक र एभरेस्ट बैंकको सर्वाधिक कारोबार भएको छ ।




















प्रतिक्रिया