Logo

धर्म / संस्कृति

धीरेन्द्र कृष्ण शास्त्री अर्थात बागेश्वर धाम सरकार उच्च सुरक्षाका साथ नेपालमा (हेर्नुहाेस् तस्बिरहरु)



काठमाडौं ।धीरेन्द्र कृष्ण शास्त्री बागेश्वरधामका संस्थापक आचार्य बागेश्वर धाम सरकार सुरक्षाका साथ नेपाल आईपुगेका छन् ।

उनी चौधरी ग्रुप एवम् सीजी कर्प ग्लोबलका प्रवन्ध निर्देशक बरुण चौधरीको निमन्त्रणामा भदौ २ देखि ४ गतेसम्म नवलपरासीस्थित शाश्वतधाममा हनुमन्त कथा वाचन गर्न बागेश्वर बाबा नेपाल आईपुगेका हुन् । आज बिहान दिल्लीबाट नेपाल आईपुगेका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भक्तहरुले स्वागत गरेका थिए।

बाबा बागेश्वरले आज अपराह्न ४ बजे पशुपतिनाथको दर्शन गर्ने तथा काठमाडौंका धार्मिक संघ संस्थासँग भेटघाट गर्ने कार्यक्रम रहेको छ । पशुपतिनाथको दर्शन गरेर उनी तीन दिने प्रवचनका लागि शाश्वत धाम नवलपुर पुग्ने कार्यक्रम रहेको छ ।

बागेश्वरधाम सरकारका नामले चर्चित बागेश्वर बाबा आध्यात्मिक गुरुका रूपमा परितिच छन्। उनले भारतसहित विश्वको विभिन्न देशमा हिन्दुत्व र सनातन धर्मको बखान गरिरहेका छन् ।

May be an image of 6 people, dais and text

May be an image of 7 people, dais and text

May be an image of 5 people

May be an image of 5 people

May be an image of 7 people, scooter, motorcycle, street, road and text

May be an image of 7 people, dais and text

May be an image of 6 people and dais

May be an image of 6 people, temple and text

प्रकाशित मिति : १ भाद्र २०८०, शुक्रबार १३:१७   :  बजे

795
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।