Logo

खेलकुद

खेलकुदमध्ये सबैभन्दा धेरै लगानी क्रिकेटमा लगाउन आवश्यक : अध्यक्ष चन्द



कैलाली । नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले नेपाली खेलकुदमध्ये सबैभन्दा धेरै लगानी क्रिकेटमा लगाउन आवश्यक रहेको बताएका छन् । शनिबार धनगढीमा सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घको साधारण सभामा बोल्दै चन्दले क्रिकेटले मात्रै तत्काल विश्वकप खेल्न सम्भव भएको हुँदा सरकारले लगानी बढाउनु पर्ने बताए ।

उनले नेपाली क्रिकेटलाई विश्वले चिनिसकेकाले भन्दै आगामी दिनमा खेल उत्कृष्ट बनाउनको लागि लगानी बढाउनु पर्ने बताए । उनले भने, ‘नेपालप्रति आईसीसी अत्यन्तै सकारात्मक र नेपाली क्रिकेटको क्रेजलाई नजिकबाट नियालिरहेको छ त्यसैले यो स्वर्णिम अवसरलाई समयमै हामीले सदुपयोग गर्नुपर्ने र अबको समय भौतिक पूर्वाधारमा लगाउनुपर्ने छ ।’

सन २०२४ मा अमेरिका र वेस्टइण्डिजमा संयुक्त रूपमा आयोजना हुने टी–ट्वाण्टी विश्वकप एसिया क्वालिफायरको आयोजना गर्ने जिम्मा नेपाललाई दिनु, सन २०२७ मा यु–१७ महिला विश्वकपको सह आयोजक नेपाललाई बनाइनुले पनि नेपालको गरिमा बढेको अध्यक्ष चन्दको भनाइ छ ।

नेपालमा क्रिकेट क्रेज देखेर विश्वका अधिकांश देशहरू नेपाल आउन चाहेपनी सुरक्षा सहितको स्टेडियम बनाउन नसक्दा त्यो सम्भव नभएको उनले दाबी गरे ।

प्रकाशित मिति : २ भाद्र २०८०, शनिबार १८:५२   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।