काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।
आज सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । योसँगै छापावाला सुन प्रतितोला १ लाख १० हजार ३०० रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार ७५० रुपैयाँ कायम भएको छ ।
गत शुक्रबार सुनको मूल्य स्थिर रहेको थियो । यो दिन छापावाला सुन प्रतितोला १ लाख १० हजार ४०० रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार ८५० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य स्थिर रहँदै तोलाको १ हजार ३९० रुपैयाँ कायम भएको छ । गत शुक्रबार चाँदीको मूल्य भने २० रुपैयाँले बढेर १ हजार ३९० रुपैयाँमा किनबेच भएको थियो ।




















प्रतिक्रिया