काठमाडौं । कोशीका मुख्यमन्त्री उद्वव थापाले विश्वासको मत माग्दै मुख्य विपक्षी नेकपा एमाले र राप्रपालाई आइतबार पत्राचार गरेका छन् ।
सोमबार मुख्यमन्त्री थापाले प्रदेशसभाबाट विश्वासको मत लिँदैछन् ।
त्यसको अघिल्लो दिन आइतबार मुख्यमन्त्री थापाले दुई विपक्षी दललाई पत्राचार गरेका हुन् । ‘हामीलाई आज विश्वासको मत माग्दै मुख्यमन्त्रीले पत्र पठाउनु भएको छ,’ एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारीले बताए ।
प्रदेश सभामा काङ्ग्रेस २९, माओवादी १३, एकीकृत समाजवादी ४ र जसपा १ गरि सत्ता पक्षसग ४७ मत छ । विपक्षमा एमालेको ४० (उपसभामुखसहित) र राप्रपाको ६ गरी ४६ मत छ ।




















प्रतिक्रिया